स्वास्थ्य मन्त्रालयले गर्भमा रहेका भ्रुणको लिङ्ग पहिचानमा रोक

12 July, 2025
215

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । स्वास्थ्य मन्त्रालयले गर्भमा रहेका भ्रुणको लिङ्ग पहिचानमा रोक लगाएका छ ।

मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानको काम नगर्न र नगराउन पनि आह्वान गरेको छ ।

मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई पत्राचार गर्दै भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्नरनगराउन निर्देशन दिएको जनाएको छ ।

अटेर गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने पनि परिपत्रमा उल्लेख रहेको छ । मन्त्रालयको परिपत्र देखिने गरी स्वास्थ्य संस्था एवं प्रयोशागालाहरु टाँस्न पनि भनिएका छ ।

राष्ट्रिय जनगणना, २०७८ को नतिजामा लैङ्गिक अनुपातमा असमानता देखापरेको र विभेदपूर्ण लिङ्ग छनोटको अन्त्यका लागि भ्रुणको लिङ्ग पहिचानमा रोक लगाइएको जनाएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १७ मा गर्भको लिङ्ग पहिचान गर्ने कार्यलाई कानुनतः दण्डनीय अपराध मानेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

TAGS

टिप्पणी