अत्याधिक गर्मि बढ्नुका कारण मोरङ र सुनसरीका विद्यालयहरु बन्द

12 July, 2025
209


सप्तकोशी न्युज संवाददाता

काठमाडौं । केही दिन लगातार अत्याधिक गर्मि बढेकाले पूर्वी तराईका विद्यालय बन्द गरेका छ । 

मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेका छ ।

चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालेका छ ।

विराटनगर उपमहानगरपालिकाकाले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिहीबार र शुक्रबार महानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिएका छ ।

बुधबार विराटनगरको तापक्रम ४१ डिग्री सेल्सियस पुगेका थिए । यस्तै सुनसरीका तीन वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छ । इनरुवा नगरपालिकाले बिहीबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि एक साताका बिदा दिएका छ ।

वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको ईनरुवाका मेयर बताएका छन् । त्यस्तै ईटहरी उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गरेका छ भने भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि एक साताका लागि बिदा दिएका छ ।

TAGS

टिप्पणी