प्रेमिकाको हत्या गरे लिभिङ टुगेदरमा रहेका युवकले

12 July, 2025
190

सप्तकोशी न्युज डेक्स

काठमाडौं । आपसी विवादका कारण लिभिङ टुगेदरमा रहेका एक युवकले युवतीको हत्या गरेका छन् । राजधानीको ठमेलमा लिभिङ टुगेदरमा बस्दै आएकी जेनिशा तामाङको उनकै प्रेमी अमर रञ्जितकारले हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी सिताराम रिजालका अनुसार चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशाको उनका प्रेमी काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय रञ्जितकारले हत्या गरेका हुन् ।

उनका अनुसार जेनिशा र अमर ६ महिनायता लिभिङ टुगेदरमा थिए। उनीहरु भगवती बहालको एक घरमा डेरा लिएर सँगै बस्ने गरेको र सामान्य विवादमा उनका हत्या भएका थिए ।

उनीहरुबीच मंगलबार दिउँसो आपसी विवादका क्रममा भएको झगडा चर्किदै जाँदा मादक पदार्थ सेवन गरेका अमरले जेनिशामाथि कुटपिट गरेका गरेका रहेछन्’, एसपी रिजालले भने ।

प्रहरीका अनुसार कुटपिटपछि गम्भीर घाइते भएकी जेनिशालाई मंगलबार दिउँसो ३ बजे उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको तर मंगलबार राति नै उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएका थिए ।

मापसे गरेको अवस्थामा घटनालगत्तै अमरलाई पक्राउ गरेका थिए । विवादको क्रममा जेनिशालाई कुटपिट गरेको रन्जितकारले स्वीकार गरिसकेका छन् ।


TAGS

टिप्पणी