मकवानपुरमा दुई जनाको मृत्यु करेन्ट लागेर

12 July, 2025
207

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । मकवानपुर बकैया गाउँपालिका–८ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएका छ ।

बकैया गाउँपालिका–८ तल्लो बिरेफाँटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय पुर्णबहादुर लो को मृत्यु भएका छ।

बुधबार दिउँसो बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारलाई पोलमा राख्न खाल्टो खन्ने क्रममा खन्तीले तारलाई छुँदा खर्कबहादुर र पूर्णबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएका छ ।

TAGS

टिप्पणी