
सप्तकोशी न्युज डेक्स
काठमाडौं । छानो चुहिएर वर्षाको पानी पुस्तकालयभित्र पसेपछि भृकुटीमण्डपमा रहेको सार्वजनिक पुस्तकालयका पुस्तक जोगाउन मुस्किल भएको छ । यहाँ राखिएका ३ सय बढी पुस्तक काम नलाग्ने गरी नष्ट भएको छ भने केही पुस्तक घाममा सुकाएर बचाइएको छ । सरकारी स्वामित्वको समाजकल्याण परिषद् सहयोगी नहुँदा समस्या भोग्नुपरेको पुस्तकालय सञ्चालक बताउँछन् । सरकारको दश लाख अनुदानबाट सञ्चालनमा आएको पुस्तकालयलाई चालू आर्थिक वर्षमा ५० लाख दिइएको भएपनि आशलाग्दो व्यवस्थापकीय सुधार देखिंदैन । पुस्तकालयको हेरचाहका लागि ९ जना कर्मचारी कार्यरत छन् । तर छानो नै चुहिएपछि किताब सुरक्षा मुख्य चुनौति बनेको छ । न मर्मत गरिदिने न मर्मतको अनुमति दिने समाजकल्याणको दोधारे नीतिले समस्यामा परेको पुस्तकालय सार्वजनिक पुस्तकालयका व्यवस्थापक जुजुभाई डंगोल बताउनुहुन्छ । हरेक वर्ष वर्षामा पानी छिरेर पुस्तकालय जलमग्न बन्ने गरेको छ । तर पुस्तक बक्सा बक्सामा राखेर पानीबाट बचाउने गरिएको छ । पाठकले उपहार दिएका पुस्तकको समेत उचित व्यवस्थापन हुन नसक्दा पुस्तककै अपमान भएको देखिन्छ । स्थापनाकालदेखि पुस्तकालयलाई आफ्नो दोश्रो घर मान्दै आउनुभएका जुजुभाई पुस्तकालयको अवस्थाले आफूलाई दुखी बनाएको बताउनुहुन्छ ।
७५ प्रतिशत भाडा मिनाह गर्ने सर्तमा सार्वजनिक पुस्तकालय भृकुटीमण्डमा सञ्चालन गरिएको भएपनि परिषद्ले अहिले पूरै भाडाको हिसाव राखेर पुस्तकालयका नाममा बेरुजु चढाएकोमा पुस्तकालय व्यवस्थापन रुष्ट देखिएको छ । वार्षिक तीन सय रुपियाँ तिरेपछि यस पुस्तकालयबाट पुस्तक घर लान पाइने व्यवस्था छ । यसैगरी प्रविधिमैत्री पाठकका लागि ई पुस्तकालय पनि सञ्चालनमा रहेको छ ।
ब्रिटिस लाइब्रेरी र पाठकको सौजन्यमा प्राप्त धेरै प्रकारका पुस्तक पुस्तकालयमा समेटिएको छ । तर, पुस्तकको उचित सम्भार नहुँदा पुस्तक सहयोग गरेकाहरुले बारम्बार गुनासो गर्ने गरेका छन् । पुस्तक राख्ने स्थानको उचित प्रबन्ध नहुँदा पोको पारेर राख्ने गरिएको छ । बौद्धिक जमात बस्ने राजधानी त्यो पनि काठमाडौंको मुख्य बस्तीमा रहेको सार्वजनिक पुस्तकालयको यो अवस्था सबैका लागि लाजको विषय हो ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी