
सप्तकोशी न्युज डेक्स
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिले काठमाडौं हाँडीगाउँस्थित भत्केकोपुलमा स्लो बाइक प्रतिस्पर्धा सम्पन्न गरेको छ । बढ्दै गएको सवारी दुर्घटना न्युनिकरण गर्ने मुल उद्देश्यले ‘स्लो राइट लङ लाइफ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा आयोजना गरेका थिए ।
१८० प्रतिस्पर्धीहरूको सहभागीता रहेको प्रतिस्पर्धामा राजकुमार कार्की प्रथम, सुजार तामाङ द्वितीय र चन्द्रमान तामाङ तृतीय भएका छन् । प्रथम हुनेले ३२ हजार त्यस्तै द्वितीयले २० हजार र तृतीयले १० हजार नगद राशी र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
कार्यक्रमको अध्यक्षता महानगर अध्यक्षता महानगर अध्यक्ष दिपेश सुधाकार तथा प्रमुख अतिथि युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे रहेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल, काठमाडौं महानगर कमिटिद्वारा आयोजित स्लो बाइक कम्पिटिसन हाडिगाउँ स्थित भत्केपुलमा आयोजना गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि थेवेले स्लो राइट पनि ट्राफिक नियम भएको बताए । कार्यक्रमबाट आफूले प्रेरणा पाएको भन्दै उनले हाइस्पिटले धेरै युवाहरूको ज्यान गइहेको बताए ।
यो कार्यक्रम मनोरञ्जन र माइन्ड गेम दुबै भएको बताए । युवा संघले युवालाई मुख्य केन्द्रमा राखेर अघि बढेको भन्दै विगतमा पनि युवाका लागि युवा संघले धेरै काम गरेको स्मरण गरे ।
बढ्दै गएको गाडिहरूको दुर्गटना न्यूनिकरण ,समय भन्दा १५ मिनेट अगाडि गन्तव्यमा पुग्न पर्ने भन्ने मूल नाराका साथ आजको कार्यक्रममा विशिष्ट अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य कमरेड रामेश्वर फुयाल, काठमाडौं पार्टी जिल्ला सचिव राजेश शाक्य, महानगर अध्यक्ष कमरेड निर्मल देउला, अतिथि राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष कमरेड सिता सुवेदी ,केन्द्रीय सचिव खेमराज शर्मा, काठमाडौं महानगर साइबर सर्कल प्रमुख अजित कुमार लामा, युथ फोर्स प्रमुख अमित पौडेल, प्रेस चौतारी काठमाडौंका सचिव लक्ष्मण शर्मा र विभिन्न तह अतिथिहरूको सहभागिता रहेको युवा संघका प्रवक्ता निरज पौडेलले जानकारी दिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

सरकारको निर्णयप्रति चलाउनेविरुद्ध मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सन्तोष परियारको आपत्ति
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी