महानगरको निर्देशन एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना प्रक्रिया नथाल्ने

12 July, 2025
189

सप्तकोशी न्युज डेक्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएका छ । निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना गराउने तथा रकम उठाएर सिट बुक गर्न लगाउने गर्दै आएका छन् ।

भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले महानगरभित्रका सबै शैक्षिक संस्थालाई परिपत्र गरेका छ ।

महानगरपालिकाले त्यस्तो गरेको थाहा पाए कडा कारबाहीको चेतावनी पनि दिएका छ ।

TAGS

टिप्पणी