
इटहरी : वर्षाका कारण झापा, मोरङ र सुनसरीका अधिकांश स्थान डुबानमा परेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो तीन घण्टायता सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भइरहेको छ ।वर्षापछिको बाढीका कारण मोरङ र सुनसरीका दर्जनौं स्थान डुबानमा परेका छन् । बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढी र डुबानबाट हुनसक्ने क्षतिको मध्यनजर गर्दै जोखिम रहेका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । जोखिम क्षेत्रमा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।मोरङका बूढी, सिंघिया, लोहन्द्रा, बक्राहा, रतुवालगायतका दर्जनौं खोलामा बाढी आएको प्रहरीले जनाएको छ । बाढी आएका खोलाले ठाउँठाउँमा कटान सुरु गरेको मोरङ प्रहरीले जनाएको छ ।सुनसरीको बराहक्षेत्र, रामधुनी लगायतका क्षेत्रमा सप्तकोशी नदीले कटान सुरु गरेको छ । नदीमा आएको बाढीका कारण तटीय क्षेत्रको १ सयदेखि १ सय ५० मिटरसम्म जमिन कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । आसपासका क्षेत्रमा डुबान सुरु भएसँगै मानवबस्तीलाई सुरक्षित स्थानतर्फ सार्न प्रशासनले पहल गरिरहेको छ ।
शेयर
सम्बन्धित समाचार

इटहरी उपमहानगरपालिकाले ३५ दिने सूचना प्रकाशित खोला पैनी मिचेर निर्माण गरिएको भौतिक संरचना हटाउन निर्देशन
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी