कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने

सुनसरी । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरूको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताए । ‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ,' उनले भने, 'साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्ने स्थान दिएको बताए । 

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए । केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उनको भनाइ छ । 



टिप्पणी