इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाखसम्म जरिवाना लाग्ने निर्णय सार्वजनिक गर्यो ।

सुनसरी । इटहरी उपमहानगरपालिका शुक्रबार बसेको शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको छ । जसमा दसवटा आधारभूत र पाँचवटा माध्यमिक विद्यालयलाई जरिवाना तिराउने निर्णय भएको हो ।

शिक्षा शाखाको बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।जसमा छात्रवृत्ति विवरण नबुझाउने आधारभूत तहका विद्यालयमध्ये वडा नं। ४ मा सञ्चालित जेलिन मन्टेश्वरी स्कुल, किड्स ग्लो मन्टेश्वरी, वडा नं १३ मा सञ्चालित पिस एण्ड हर्ट इङ्लिस बोडिङ्् स्कुल, वडा नं ९ मा सञ्चालित पोल्सान मन्टेश्वरी स्कुल, वडा नं १४ को  सृजना किण्डर गार्टेन मन्टेश्वरी र वडा नं ५ को हेप्पील्याण्ड चाईल्ड डे कियर छन् । 

यस्तै, आधारभूत तहकै वडा नं २० को इन्द्रेणी स्कुल, वडा नं। १० मा सञ्चालित इटहरी नमुना स्कुल, वडा नं १ मा सञ्चालित सुनाखरी विद्या मन्दिर र वडा नं१६ को जानकी मन्टेश्वरी स्कुलले पनि छात्रवृत्ति विवरण बुझाएका छैनन् । यी विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले जरिवाना तिराउने निर्णय भएको छ ।

टिप्पणी