हत्या गरी नग्न अवस्थामा फालिएको एक युवाको शव सुन्दरी खोलामा फेला

सप्तकोशी न्युज डेक्स 

सप्तरी,कञ्चनपुर। कञ्चनरुप नगरपालिका वडा न: ९ अवस्थित सुन्दरी खोलामा हत्या गरि नग्न अवस्थामा फालिएको एक यूवकको सव फेला परेको छ ।

उक्त युवक को सव कञ्चनरुप न.पा. वडा नं.७ घर भएको रामकुमार चौधरीका जेठो छोरा वर्ष २२ का राहुल चौधरीको रहेको ।

कञ्चनरुप न. पा. वडा न :९ का अध्यक्ष रामसुन्दर यादबका अनुसार शवको पहिचान खुलीसकेको र परिवारलाई जानकारी गराएको बताए ।  चौधरीको शरिरमा निलडाम भएको र बालुवामा घिसारेको जस्तो देखिएको छ । घाँटीमा पनि थिचिएको जस्तो निलडाम देखिन्छ । 

इलका प्रहरी कार्यालय कञ्चनपुरले स्थलगत मुचुल्कापछि लाश उठाएर पोस्टमार्टमको लागी लगिएको छ । 

स्थानीयहरुले शव हेरेर प्रहरीलाई करिब ३ बजेतिर खबर गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गर्न थालेको जनाएको छ ।

टिप्पणी