आजको मौसम यस्तो छ

सप्तकोशी न्युज संमवाद्दाता

काठमाडौं । हाल देशमा पश्चिम निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेका छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेका छ । कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेका छ ।

त्यस्तै, आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेका छ । आइतबार राती भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएका छ ।

TAGS

टिप्पणी