
सप्तकोशी न्युज संवाददाता
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटना सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले बिभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका हुन् ।
बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुर्याउने काम भइरहको भन्दै उहाले यस बिषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिए । उनले धार्मिक संगठनको बैठक बोलाइएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताए ।
त्यस्तै उहाले सुन तस्करी लगाएतका भ्रष्टाचारका प्रकरणमा गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने बताए । गृहमन्त्री श्रेष्ठले असम्बन्धीत बिषयमा पनि समितिमा आफूलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरे ।
त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै बिभिन्न प्रकरणको अनुसन्धानका बिषयमा सरकारको ध्यनाकर्षण गराएका थिए ।
बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताउनुभयो । उहाले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताए ।
त्यस्तै समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । त्यस्तै उनले प्रधानमन्त्रीको दवावमा सेनाका सहायक रथी यम बहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाए ।
शेयर
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी