मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिँदै

सप्तकोशी न्युज संवाददाता

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ विश्वासको मत लिँदै छन्  ।

नेकपा एमाले सरकारबाट बाहिरिएपनि विश्वासको मत लिन आलटाल गरिरहनुभएका मुख्यमन्त्री यादवले संवैधानिक अड्चनबाट बच्न मंगलबार साँझ विश्वासको मत दिन लगाएका हो ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनको लागि मंगलबार साँझ ५ बजे प्रदेशसभाको आकस्मिक बैठक बोलाएका छ । प्रदेशसभा सचिवालयले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाइएको व्यहोराको एसएमएस सांसदहरूलाई पठाएका छ ।

यसअघि,प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाउनुभएका यादवले सत्तारुढ दल एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाई सांसदको समर्थन रहेको तर्क गर्दै विश्वासको मत लिन आलटाल गरेका थिए ।

सरकारमा सहभागी कुनै एक दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेले समर्थन फिर्ता लिएको मंगलबार २९ औं दिन हो ।

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता भएको माओवादी ९केन्द्र० ले पनि विश्वासको मत दिने जनाएका छ । नेकपा एमालेले भने पक्ष वा विपक्षमा मत दिनेबारे निर्णय गरेका छैन् ।

TAGS

टिप्पणी