
नवलपुर । नवलपुरमा बालबालिका र किशोरीसँग सम्बन्धित किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ ।
किशोरीहरूका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण भइरहेको हो ।
नवलपुरको देवचुली नगरपालिका– १० पृथ्वीनगरमा सुविधा सम्पन्न किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको छ । बालबालिका र किशोरीसँग सम्बन्धित नेपालसहित विश्वका देशहरूमा भएका नीति, कानून, वृत्तचित्र, भए गरेका काम, किशोरीहरूको गतिविधि, पुस्तक र सूचना लगायतका बारेमा एकै ठाउँबाट जानकारी प्राप्त हुने गरी किशोरीमैत्री अध्ययन केन्द्र निर्माण भइरहेको हो ।
किशोरीका लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले करिब पाँच करोड रुपैयाँको लागतमा अध्ययन केन्द्र निर्माण भइरहेको हो । किशोरीसँग सम्वन्धित विषयवस्तुहरुको एकै स्थानबाट सूचना संकलन गर्ने तथा सिक्ने थलोका रुपमा विकास गर्ने अवधारण लिएर जिल्लामै पहिलोपटक किशोरीमैत्री अध्ययन केन्द्र निर्माण थालिएको हो ।
किशोरीमैत्री अध्ययन केन्द्रमा प्रविधियुक्त हल स्थापना गरी बालबालिका र किशोरीहरूलाई आवश्यक ज्ञान सीप प्रदान गरिने जागृति बाल तथा युवा सरोकार नेपालले जनाएको छ । बालमैत्रीका साथै किशोरीमैत्री अध्ययन केन्द्रको पनि आवश्यकता औल्याउँदै जिल्लाका किशोरीहरु एकजुट भएर केन्द्रको माग गरेका थिए । यसै अनुरुप जिल्लामा अध्ययन केन्द्र बन्ने भएपछि यहाँका किशोरीका साथै जुनसुकै स्थानका किशोरीका लागि पनि खुला रहनेछ ।
जागृति बाल तथा युवा सरोकार नेपालको आफ्नै जग्गामा दुई कठ्ठा क्षेत्रफलमा निर्माणाधीन अध्ययन केन्द्रको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । जिल्लामा किशोरीमैत्री अध्ययन केन्द्र बन्ने भएपछि यहाँका किशोरीहरु उत्साहित भएका छन् । बालबालिकाहरुका लागि तालिम, आवश्यक स्रोत साधन, किशोरी सम्बन्धी थाहा नभएका कुराहरु पनि सिक्ने अवसर प्राप्त हुने उनीहरुको अपेक्षा छ ।
एकै ठाउँबाट बालबालिका र किशोरीहरूको बारेमा जानकारी दिने, उनीहरूका लागि आवश्यक पर्ने सानादेखि ठूला स्तरका तालिम सञ्चालन गर्ने, इ–लाइब्रेरी, प्रविधियुक्त सुविधा सम्पन्न हल लगायतका संरचना निर्माण भइरहेको छ ।
यो अध्ययन केन्द्रले किशोरी सशक्तीकरणमा थप टेवा पुर्याउने विश्वास लिइएको छ ।
शेयर
सम्बन्धित समाचार
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी