
सप्तकोशी न्युज डेक्स
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छ ।
शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएको छ । उनले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताएको छ । उनले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिनडाइभर्सन,वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरु तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताएको छ । उनले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताएको छ ।
प्रधानमन्त्री दाहालले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरुको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने बताएको छ उनले वीरगञ्जको विकासमा सरकारको प्राथमिकता रहेको पनि बताएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी