२० औं धान दिवस उत्पादनमुखी, व्यवसायिक र आत्मनिर्भरताको माध्यम बनोस्

सप्तकोशी न्युज संवाददाता

नेपालीको मुख्य पेशा कृषि भएकाले करिब ८० प्रतिशत नेपालीको बाँच्ने आधार कृषि भए पनि कृषि व्यवसायिक र उत्पादनमुखी बन्न सकेका छैन । कृषिप्रधान मुलुक भनिए पनि त्यसको मर्ममाथि डाइभर्ट गरेर कृषि उत्पादन र देशलाई आत्मनिर्भर बनाउनेमा नेपालका शासक चुकिरहेका छन् । जनवायु परिवर्तनका कारण वर्षा कृषि प्रतिकुल बन्दै गईरहेको छ । वर्षा विध्वंसकारी बनेर ठूलो मात्रामा जनधनको क्षति पु¥याउने गरेको छ । परापूर्व कालदेखि नभनौं केही दशक अगाडिको जस्तो वर्षामा एकरुपता देखिँदैन । सामान्य देखि अविरल वर्षासम्म कृषि अनुकुल देखिँदैन । समयमा पानी नपर्नाले  र सबैतिर सिंचाईको सुविधा नभएका कारणले कतिपय भुगोलमा बिउ राख्न पनि मुस्किल परिरहेको अवस्थाबाट कृषि पेशा गुज्रिएको छ । बिउ राखेका भुगोलमा रोपाई गर्ने हतारो छ तर वर्षा नै उट्पट्याङ भईदिएकाले मानो रोपेर मुरी फलाउन निकै कठिन हुन पुगेको छ । यद्यपि कोशी प्रदेशमा १५ देखि २० प्रतिशतको हाराहारीमा रोपाई भईसकेको तथ्याङ्क बाहिरिएको छ । आजभन्दा तीन दशक अगाडि अर्थात देशमा लोकतन्त्रका लागि लडाई गर्दैगर्दासम्म धान दिवस उत्सव थिएन । असार १५ मिठो खाने र सामुहिक रोपाई गरी वर्षभरि खान्ने अन्नको जोहो गर्ने आधार मात्र थियो । पहाडी क्षेत्रका ठूला ठूला खेतमा बेठी लगाएर पञ्चे बाजासहित गाउँघरका सबैलाई बोलाएर दहि, चिउरा, केरा खाँदै हिलोमा रमाइलो हुन्थ्यो । तर आज त्यसको प्रकृति फेरिएको छ । हिजो आज देशका अधिकांश भुभाग बाँझो छन् । खेति योग्य जमिनहरु चक्लाबन्दी भएर घना बस्तिमा परिणत भएको छ । यद्यपि भएको खेतिलाई व्यवसायिक रुपमा उत्पादनसँग जोडेर दिवसकै रुपमा मनाउन थालेको पनि २० वर्ष भईसकेको छ । एउटा विशुद्ध रुपमा धान र झरी र असार १५ सँग सम्बन्धित रहेर उत्पादनसँग मात्र जोडेर मनाईने धान दिवस पछिल्लो समयमा ग्लामरस बन्दै विवादित समेत बनेको छ । यसअघिका कृषि मन्त्रीहरु समेत खेता पसेर महिलाहरुसँग धान दिवस मनाएका तस्बिरले उनीहरुलाई निकै विवादित बनाएकै छ । यस पटक पनि ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज शुक्रबार देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । विगतका भएका धान दिवसा दिनका घटनाले पक्कै पनि चेत खुलेको हुनुपर्दछ । यस पटक भने नारालाई सार्थक तुल्याउने गरी धान दिवस मनाउने जमर्को पक्कै हुँदै होला । 

कुल ग्राहस्थ उत्पादनमा कृषिको हिस्सा र योगदान महत्वपूर्ण रहेको छ । तर,कृषि प्रधान देशमा कृषि उत्पादनको ठूलो हिस्सा आयात हुनु दुःखद मात्रै होइन ठूलो घाटा हो । धानबाली नै मुख्यबाली रहेको मुलुकमा वार्षिक ३० अर्ब भन्दा बढीको चामल आयात हुने तथ्यांक बताउँछ । त्यस्तै नेपालमा विभिन्न देशबाट वार्षिक ६० अर्बभन्दा बढीको कृषिजन्य सामग्री आयात हुने गरेको तथ्यांक छ । नेपालमा कृषिमा अथाह सम्भावना छ । तर, सम्भावना अनुसार उत्पादन भने छैन । नेपालको भूउपयोगको अवस्था हेर्दा खेती गरिएको जमिन २१ प्रतिशत रहेको छ । नेपालका ७७ जिल्ला मध्ये ७५ जिल्लामा धानबाली उत्पादन हुन्छ । मनाङ र मुस्ताङमा भने धानबाली लगाइँदैन । पहाडको तुलनामा तराइका जिल्लाहरुमा बढी उत्पादन हुन्छ ।

धान बाली नेपालको प्रमुख खाद्यान्न बाली हुँदा पनि अझै खाद्यान्नको संकट पुरा हुन सकेको छैन । खाद्यान्नको घाटा पुर्तिको लागि खाद्यान्न आयातको क्रम घटेको छैन । खाद्यान्न संकट हुन नदिन र धानबाटै आत्मनिर्भरताको बाटो रोज्ने सार्थक अभ्यास निकै कम भएका छन् । हुँदै नभएका पनि होइनन । पछिल्लो समयमा सरकारले कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको छ । कृषकलाई अनुदान तथा सेवा सुविधा दिँदै कृषिलाई रोजगारीको मुख्य अंग पनि मान्दै आएका कारणले देश तथा विदेशमा रहेर फर्किएका दक्ष तथा शिक्षित युवा शक्ति यसमा आकर्षित भएका छन् । 

 विभिन्न ठूला फार्म र कृषि केन्द्र स्थापित भएका छन् । तर, ती ठूला फर्म केहीँ पहुँचवालाले अनुदानका लागि मात्रै माध्यम बनाएका छन् भने पहुँच नभएकाहरुले लगानी गरेका ठूला फर्मको सञ्चालन र उत्पादित बस्तुको बिक्री–वितरणमा समस्या देखिएका छन् ।

त्यसैगरी सामान्य कृषकलाई नयाँ खेती प्रणाली,उन्नत,विउ–विजन,सहयोग तथा अनुदान,सरल कर्जा लगाएतका विषयमा जानकारी नै छैन । अर्कोतर्फ समयमा नै मल नपाउनु पनि कृषि क्षेत्रमा जटिल समस्या हो । विश्वव्यापी कोरोना महामारीका कारण बेरोजगार संख्या बढेसँगै नेपालको कृषि क्षेत्रका लागि जनशक्तिको उपलब्धता पनि बढ्दो छ । कृषिमा आवश्यक जनाशक्ति पनि हालसम्मको मुख्य समस्या हो । तसर्थ असार पन्ध्र,राष्ट्रिय धान दिवस मनाइँरहँदा धानबालीको उत्पादन र कृषि क्षेत्रको प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी बनाउनतर्फ पनि आवश्यकता छ । नेपालमा धान उत्पादनको अवस्था बढाउनका लागि विकासे र रैथाने जात धानका बिउ बराबरी लगाउनु पर्ने देखिन्छ ।


TAGS

टिप्पणी