प्रधानमन्त्रीदेखि रवि र बालेनसम्म भारतमा, संयोग कि सल्लाह

सप्तकोशी न्युज डेक्स

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा हाल भारत मै छन् ।

उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन् । उनले शुक्रबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय विद्युत व्यापार सम्बन्धि विभिन्न सम्झौता समेत गरेका छन् ।

अहिले प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणको तालिका अनुसार विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त रहेका छन्। शुक्रबार मध्य प्रदेशको इन्दोरमा पुगेका उनी शनिबार स्वदेश फर्कने कार्यक्रम

रहेका छ ।

यही बुधबार प्रधानमन्त्री दाहाल भारत भ्रमणमा निस्किएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारततर्फ लागेका थिए । उनको भारत भ्रमण निजी भएको बताइएको छ ।

देशको प्रधानमन्त्रीदेखि संसदको चौथो शक्ति रहेको दलका सभापति लामिछाने भारतमै रहेका बेला काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारत लागेका छन्। उनी बिहीबार भारततर्फ लागेका हुन् ।

देशको कार्यकारी प्रमुख प्रधानमन्त्री दाहाल, संसदको चौथो दलका सभापति लामिछाने र काठमाडौं महानगरकै मेयर भारतमै पुग्नु आकस्मिक हो या योजनाबद्ध भन्ने तर्क गरेका छन्। यसलाई लिएर कतिपयले सामाजिक सञ्जालमा अनौठो संयोग हो या सल्लाह भन्दै प्रश्न समेत गरेका छन् ।

रास्वपाका सभापति लामिछाने पारिवारिक कामले पत्नी निकिता पौडेलसँग भारत गएका हुन्। उनी अहिले पारिकारिक कामले भारतको मुम्बईमा छन् । उनी सोमबार स्वदेश फर्कने बताइएको छ ।

उनको भारत भ्रमण विशुद्ध पारिवारिक भएको रास्वपाले जनाएको छ । प्रधानमन्त्रीसँग समय मिल्नु संयोग मात्रै भएको रास्वपाका प्रवक्ता डाः मुकुल ढकालले डिसी नेपाललाई बताए ।

उनले भने, ‘विशुद्ध निजी भ्रमण हो । पार्टीका अन्य नेता कसैको पनि सहभागीता छैन । उनहरु दुई जनामात्रै जानुभएको हो ।’

प्रवक्ता ढकालका अनुसार लामिछाने नितान्त निजी कामका लागि भारत गएका हुन्। निजी भ्रमण भएकाले राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम तय नभएको उनले प्रष्ट्याए ।

महानगर प्रमुख शाहले उपमेयर सुनिता डंगोललाई कार्यबाहकको जिम्मेवारी सुम्पेर भारत तर्फ लागेका हुन्। उनी पत्नी सविना काफ्ले सहित भारतको बैंगलौरमा व्यक्तिगत कामका लागि हिँडेका हुन् । उनको स्वदेश फर्कने समय बारे केही बताइएको छैन ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले मेयर शाह व्यक्तिगत कामका लागि भारत लागेको डिसी नेपाललाई बताए । उनले पारिवारिक कामका लागि भारत गएकाले भ्रमणको उद्देश्य र समयावधिबारे अनभिज्ञता प्रकट गरे ।

सप्तकोशी न्युज डेक्स

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भारत भ्रमणका क्रममा हाल भारत मै छन् ।

उनले देशको प्रतिनिधित्व गर्दै बुधबार छिमेकी राष्ट्र भारत भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरिसकेका छन् । उनले शुक्रबार नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा द्विपक्षीय विद्युत व्यापार सम्बन्धि विभिन्न सम्झौता समेत गरेका छन् ।

अहिले प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणको तालिका अनुसार विभिन्न क्षेत्रको भ्रमणमा व्यस्त रहेका छन्। शुक्रबार मध्य प्रदेशको इन्दोरमा पुगेका उनी शनिबार स्वदेश फर्कने कार्यक्रम रहेका छ ।

TAGS

टिप्पणी