
सप्तकोशी न्युुुुज डेक्स
काठमाडौं । नेकपा माओवादीले समर्थन फिर्ता लिए कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढल्ने भएका छ ।
गत पुस २४ मा एमाले, नेकपा माओवादी,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) को गरी ५९ सांसदको समर्थनमा एमालेका हिकमत कार्की मुख्यमन्त्री बन्नु भएका थिए । केन्द्रीय सरकारमा अहिले कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ । प्रदेशमा पनि केन्द्रकै समीकरण बमोजिम सरकार निर्माणका लागि दलहरुबीच सहमती भएपछि माओवादीले कार्कीलाई दिएको समर्थक फिर्ता लिन लागेका हो । त्यसका लागि माओवादीको प्रदेश पार्टी पदाधिकारीको आज बस्ने बैठकले समर्थन फिर्ताको निर्णय गर्ने एक माओवादी नेताले जानकारी दिए । जसपाले भने जेठ १६ गते नै कार्कीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
माओवादीको १३ ९सभामुखसहित० र जसपाको १ सांसदले समर्थन फिर्ता लिनेबित्तिकै मुख्य मन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । सरकार बनाउनका लागि ४७ जना सांसद चाहिन्छ । प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३, राप्रपाका ६, नेकपा ९एकीकृत समाजवादी०को ४ र जसपाको १ सांसद छ । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी