अध्यक्ष ओली बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं

सप्तकोशी न्युज डेक्स

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/२०८१ को बजेट सच्याउन सरकारसँग माग गर्नु भएका छ ।

बजेट सच्याएसरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीको भनाई थिए । मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए ।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गरे । अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावी समेत गरे ।


TAGS

टिप्पणी