
सप्तकोशी न्युज डेक्स
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु बताएका छन् । मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।
यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु नहुने उनले बताए । महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन । ‘उनी पाँच(पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन । अरू जो सुकै बने पनि हुन्छ ।’
नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए । सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।
कांग्रेस नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै देउवाले मार्ग प्रशस्त गर्नु पर्ने उनको भनाइ छ । सभापतिले आफ्नो र पार्टी हितका लागि दुवै पद छोड्नु पर्ने उनले बताए । ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो ’ उनले भने ।
वरिष्ट नेता शेखर कोइराला देउवा खेवामा जानु भयो भन्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री थापाले १४ औ महाधिवेशन देखीको सबन्धमा अहिले सम्म पनि प्रकाढ नै रहेको जबाफ दिएका छन् । १५ औ महाधिवेशन सम्म पनि रहिरहने दावी गरेका छन ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी