नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

सप्तकोशी न्युज डेक्स

काठमाडौं । नेकपाएमालेका सांसद रघुजी पन्तले भारतको संसद भवनमा अखण्ड भारतको नाममा नेपालको भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा सरकारले कुटनीतिक नोट पठाउनुपर्ने बताएका छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको भन्दै यस्तो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता भएको बताएका छ । उनले सो नक्शाप्रति नेपालले विरोध जनाउँदै भारत सरकारलाई तत्काल कुटनीतिक नोट पठाउन सरकारसँग माग गरे । उनले कुटनीतिक नोट पठाएर संसदलाई जानकारी गराउन समेत माग गरे ।

उनले नेपालको परराष्ट्र नीतिमा खलबल उत्पन्न हुन थालेको बताए । केही दिनअघि एक सञ्चार माध्यमसँगको अन्तर्वार्तामा भारतका लागि नेपाली राजदुत शंकर शर्माले हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुभएको भन्दै उनले यसबारेमा सरकारको स्पष्ट धारणाको माग गरे । उनले इपिजी प्रतिवेदनको सम्बन्धमा राजदुतले दिएको वक्तव्यको पनि बिरोध गरे ।

सांसद पन्तले राजदुत शर्माले १४ महिनापछि मात्रै भारतीय विदेशमन्त्रीलाई भेट गर्न पाएको भन्दै नेपाललाई हेपिएको कारण समयमै भेट हुन नसकेको उल्लेख गरे । उनले सो हेपाइप्रति प्रतिरोध गर्नुपर्ने बताएका छ ।

TAGS

टिप्पणी