
सप्तकोशी न्युज संवाददाता
ग्रामथान । मोरङको ग्रामथान १३ औँ गाउँ अधिवेशनमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०२०८१ का लागि ५६ करोड ७६ लाख १० हजार ९ सय ६१ रुपैयाँको बजेट ल्याएको छ ।
गाउँपालिको १३ औँ गाउँ अधिवेशनमा उपाध्यक्ष गुनावती देवि थारुले आइतबार आगामी आर्थिक वर्षका लागि सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
चालु तर्फ ३५ प्रतिशत अर्थात् १९ करोड ८६ लाख ६३ हजार ८३६ रुपैयाँ र पुजिगुत तर्फ ६५ प्रतिशत अर्थात् ३६ करोड ८९ लाख ४७ हजार १२५ रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाको आम्दानी तर्फ सङ्घीय समानिकरण अनुदान ११ करोड ७० लाख, सङ्घीय सशर्त अनुदान ३० करोड नौ लाख रुपैयाँ , सङ्घीय विशेष अनुदान ६० लाख, सङ्घीय समपूरक अनुदान ८५ लाख, सङ्घीय राजस्व बाँडफाँड आयकर मु –अकर अन्त शुल्क ८ करोड ३९ लाख ९३ हजार, ८ सय, प्रदेश समानिकरण अनुदान ७३ लाख १४ हजार, प्रदेश सशर्त अनुदान ४१ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान ९७ लाख ४८ हजार, प्रदेश राजस्व बाँडफाँड ,सवारी साधन कर ४१ लाख ९१ हजार, घरजग्गा रजिस्ट्रेसन शुल्क ६० लाख, आन्तरिक श्रोत ६२ लाख ९१ हजार २४८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
व्यय तर्फ पूर्वाधार विकासमा ११ करोड ३५ लाख, स्वास्थ्यमा ५० लाख, शिक्षामा १ करोड १४ लाख, पशुपंक्षिमा ५० लाख, कृषिमा ४० लाख, सहकारिमा २ लाख ५० हजार, सामाजिक विकासमा १० लाख रुपैयाँ बजेट बिनयोजन गरेको छ ।
सोही अवसरमा गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष जय प्रकाश गच्छदारले पूर्वाधार, शिक्षा, कृषि र स्वास्थ्य लाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको उनले बताए ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी