
सप्तकोशी न्युज डेक्स
काठमाडौं । नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएका छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए) का लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएका छ ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएका थिए । त्यसपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच भएको वार्तामा सो संझौता भएका छ । सम्झौताममा नेपालकातर्फबाट ऊर्जा सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट भारतीय समकक्षी श्रीआलोक कुमारले हस्ताक्षर गरेका छ ।
नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौता गर्न प्रस्ताव गरेका थिए । यसैअनुसार भारतले २५ वर्षका लागि सम्झौता गर्ने सहमति जनाएका छ । प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारतले १० वर्षभित्रै नेपालको १० हजार मेगावाटसम्म बिजुली किन्ने लक्ष्य राखेका बताए ।
मोदीले आफूहरुले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएको उल्लेख गर्नुभए । मोदीले भारत र नेपालबीचको ‘हिट’ मित्रतालाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्वपूर्ण निर्णयहरू भएको दाबी गरेका छ । नेपाल र भारतबीच ‘ट्रान्जिट एग्रिमेन्ट’ भएको र यसमा नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको मोदीले उल्लेख गरेका छ । नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिइएको, क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने उनका भनाइ छ ।
फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत आयोजनाको विषयमा भएको सम्झौताले विद्युत क्षेत्रको सहयोगमा थप बल पुगेका छ । मोतिहारी—अमलेखगंज पेट्रोलियम पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने निर्णय भएका छ । यसका अतिरिक्त सिलिगुडीबाट पूर्वी नेपालको झापासम्म अर्को नयाँ पाइपलाइन बनाउने निर्णय पनि भएको जनाएका छ । चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि बनाउने भएका छ । यस्तै, नयाँ मल कारखाना स्थापना पनि भारतले सहयोग गर्ने भएका छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी