
सप्तकोशी न्यज डेक्स
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/२०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैयाँ बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पुँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनियोजन गरेकी हुन् ।
आय तर्फ संघीय सरकारबाट सामान करण अनुदान १२ करोड ५८ लाख, संघीय सरकारबाट सशर्त अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय, प्रदेश सरकार सामान करण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विशेष अनुदान १ करोड, संघीय सरकार समपूरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपै या प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१।३६ प्रतिशत हो ।
आम जनतामा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पु¥याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन् ।
यो कुल बजेटको १०।०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८।८५ प्रतिशत हो । यसै गरी कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ । खानेपानी तथा सर सपाइका लागि १८ लाख, सांस्कृतिक प्रवर्द्धन अन्तरगत भाषा, धर्म, संस्कृति, भेसभुसा संरक्षण र प्रवर्द्धनका लागि २२ लाख ६५ हजार विनियोजन गरेको । यस्तै खेलकुद तथा मनोरञ्जन अन्तरगत गाउँपालिकाभित्र विभिन्न खेलकुद कार्यक्रम संचालन गर्नका लागि ४ लाख, खेलकुद तथा मनोरञ्जन क्षेत्रको विकासका लागि १९ लाख ८४ हजार बजेट विनियोजन गरेको छ ।
कटहरी गाउँपालिकाले पूर्वाधार, कृषि र स्वास्थ्यलाई प्राथमिकता राखेर आगामी आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७४ बुद्धे नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेका हुन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू गरिने अध्यक्ष चौधरीले बताए । यस्तै विद्यालय भौतिक पूर्वाधारको मर्मत सुधारलाई प्राथमिकतामा राखिने, स्वास्थ्य केन्द्रहरूलाई प्रविधिमैत्री बनाइने, भवन निर्माण गर्न बाँकी रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूको भवन निर्माण गर्नका लागि संघीय सरकार तथा प्रदेश सरकार सँग आवश्यक समन्वय गरी भवन निर्माण कार्य अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी