
सप्तकोशी न्युज डेक्स
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकहल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदबीच आज (बिहीवार) औपचारिक भेटवार्ता हुनेछ । भेटवार्तामा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौतामा हस्ताक्षर हुने ।
प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबीच दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता हुनेछ । भेटवार्ता ११ः०५ मा तय भएका छ । ‘वान टु वान’ हुने वार्ता आधा घण्टाको हुनेछ । त्यसपछि प्रधानमन्त्री दाहालले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री दाहालको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल सहभागी हुनेछन् ।
सोही वार्ताका क्रममा उर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । कार्यक्रममा केही परियोजनाको उद्घाटन र संयुक्त पत्रकार सम्मेलन हुनेछ । सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ । त्यसपछि प्रधानमन्त्री दाहाल दिवा भोजमा सहभागि हुनेछन् । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गरेका छन् ।
प्रधानमन्त्रीले ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र ४ः ३५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नु छन् । प्रधानमन्त्री दाहालले साँझ ६ः१५ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएका छ ।
भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेका छ । त्यहाँ मध्यप्रदेशका राज्यपालसँग भेटघाट गर्नुका साथै इन्दोरमा अध्ययन भ्रमणसमेत गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल बुधवार ३ः०० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनको स्वागतमा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखी विमानस्थल पुगेकी थिइन् । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिएका थिए । उनको सम्मानमा विमानस्थलबाहिर सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिएका थिए ।
त्यसलगतै मौर्य होटल पुगेका उनीसँग मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन क्वात्राले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीबीच हुने औपचारिक वार्ताका एजेन्डा र भारतको सुरक्षाचासोबारे जानकारी दिइएका थिए ।
बुधवार साँझ प्रधानमन्त्री दाहाल भारतस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी भएका थिए । समारोहमा भाजपाका पूर्वअध्यक्ष मुरलीमनोहर जोशी, भारतीय विदेश राज्यमन्त्री लेखी, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले, महाराष्ट्रका पूर्वगभर्नर एवं भाजपा नेता भगतसिंह कोस्यारी सहभागी थिए । भारतीय सेना प्रमुख मनोज पाण्डे, पूर्वप्रधानसेनापतिहरू दलवीरसिंह सुहाग, मनोजमुकुन्द नरभणेलगायत पनि सहभागी थिए ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी