भारतको नक्साबारे भारतीय पक्षसँग छलफल गर्न नेपाली दूतावासलाई निर्देशन

सप्तकोशी न्युज डेक्स

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतीय संसदमा रहेको नक्सामा नेपाली भूमि समेटिएको बिषयमा भारतीयपक्षसँग छलफल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको जानकारी दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले भारतका प्रवक्ता र विदेशमन्त्रीले समेत यस बिषयमा बोलिसकेको अवस्थामा पुनः भारतीय पक्षसंग छलफल गरि रिपोर्ट गर्न दूतावासलाइ निर्देशन दिइसकेको जानकारी दिएका छन ।

नक्सामा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र उक्त बिषय राजनीतिक नरहेको भनेर आधिकारिक रुपमा भारतीय विदेशमन्त्रीबाट प्रतिक्रिया आइसकेको मन्त्री साउदले बताए ।

उनले नेपालको नक्साका बारेमा आफूहरु स्पष्ट रहेको, नेपालको नक्सा के हो भन्ने बिषय संविधानमा नै उल्लेख भएकाले आफ्नै नक्सालाई विवाद बनाइराख्नु उचित नहुने बताए ।

त्यस्तै मन्त्री साउदले नेपाल(भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० को प्रतिवेदन बुझ्न नेपाल सरकार तयार रहेको भन्दै भारतले बुझ्ने नबुझ्ने बिषयमा सरकारका तर्फबाट दवाव दिन नमिल्ने तर्क गरे ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको र नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने गरि सहमति र सम्झौता भएको दावी गरे ।

TAGS

टिप्पणी