
सप्तकोशी न्युज संवाददाता
मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिएको छन् । मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौंडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।
प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई बिस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिए । आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।
त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताए । सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो ।
मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरिन्। यस विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनका भनाइ थियो।
बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताउनुभयो । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौंडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवद्र्धन गरिरहेको बताए। उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
मानवसेवा आश्रमको सो भवन रु १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० लागतमा निर्माण भएको हो। आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन्। सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।
शेयर
सम्बन्धित समाचार

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी