
सप्तकोशी न्युज डेक्स
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको लडाइँबाट प्रतिक्रियावादीहरु अत्तालिएको बताएका छन् ।
प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले सरकार भ्रष्टाचार विरुद्धको लडाइँमा दत्तचित्त भएर लागेको बताउँदै सरकारको प्रतिरक्षा गर्न प्रेस सेन्टरलाई निर्देशन दिए ।
उनले भने, ‘जनतालाई प्रत्यक्ष सेवा दिनेकुरा, विदेशमा गएका नेपालीहरुलाई सम्बोधन गर्ने कुरा, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसंगति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु अतालिएका छन् ।’
उनले परम्परागत शक्तिहरु एजेण्डबिहिन बनेका र जनतामा नांगिएको पनि बताए । प्रधानमन्त्रीले राम्रो काम गरेर मात्रै नभई राम्रो कामको प्रचार गर्दै जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गरे ।
उनले भने, ‘सरकारको राम्रो कुराको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी छ । प्रेस सेन्टरले यसको पहल गर्न जरुरी छ ।’
प्रधानमन्त्री प्रचण्डले वर्तमान अवस्था आफूहरु सहज स्थितिमा नभएर अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट पहल लिएको बताए ।
प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारहरुले भोग्नु परेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
TAGS
शेयर
सम्बन्धित समाचार

मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्धः प्रधानमन्त्री दाहाल

नेपाली भूमि भारतीय नक्शामा समेटिएकोमा सरकारले कुटनीतिक नोट पठाउनुपर्छः सांसद रघुजी पन्त

ध्यानाकर्षण गरायो जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा गृहमन्त्रीलाई निर्वाचन आयोगले

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दिवाभोज
TAGS
अभिलेख
लागूपदार्थले विश्वब्यापी रुपमा फैलिदै गएको अवस्था : बेलका नगरपालिका वडा न: ४ मा अवस्थित रहेको सुर्यदय प्रतिष्ठान सुधारगृह जहाँ लागूपदार्थ दुर्वेसनिमा रहेका भविष्यका कर्णधार हरुलाई दुर्वेसनी मूक्त गरि पुनरस्थापना गर्ने कार्य तथा कृषि क्षेत्रमा समेत उधम गराउदै आएको छ । सुर्यदय प्रतिष्ठान नेपाल सुधारगृहका संचालक श्री मुकेश राई ज्यू ।
LIVE प्रत्यक्ष प्रसारण प्रम : प्रचण्ड
बराहक्षेत्र नगरका जनताहरुले रा. स्व. पा. ( नयाँ पार्टी ) लाई स्वागत गर्दै : बराहक्षेत्रको विकास निर्माण तथा यहा भ्रष्टहरुलाई पाखा लगाउने तर्क : पुराना पार्टीहरुको नेत्रित्व प्रभावकारी नभएको गुनासो गर्दै नगरका जनताहरु
लोकप्रिय पछिल्लो समाचार






टिप्पणी