सूर्य थापाले उठाए भारतीयसँगको भेटमा गंगाको सहभागीताबारे प्रश्न

सप्तकोशी न्युज संवाददाता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार र विदेश सचिवसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोमा एमाले नेता सूर्य थापाले प्रश्न उठाएका छ ।

चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रासँग भेट गरेका थिए ।

प्रधानमन्त्रीलेस्वकिय सचिव रहेकी छोरी गंगा दाहाललाई सोही भेटवार्तामा के हैसियतका आधारमा सहभागी गराइएको होरुभन्दै एमाले नेता थापाले प्रश्न गरेका छ । उनले सामाजिक सञ्जालमा उक्त तस्बिर शेयर गर्दै छोरी गंगा दाहालको भूमिका बारे प्रश्न गर्दै लेखेका छन्, ‘भारतीय भूतपूर्व बुहारी भएको हैसियत र क्षमताको कारण हो परराष्ट्र मन्त्रालयका उच्चअधिकारीलाई विस्थापित गरेका

उनले ? ’

प्रधानमन्त्रीको स्वकिय सचिवसमेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालको पहिलो बिहे भारतीय मूलका एक नेपालीसँग भएका थिए । तर उनले अहिले कोशी प्रदेशका मन्त्री रहेका जीवन आचायसँग दोस्रो बिहे गरेकाले थापाले भूतपूर्व बुहारीको हैसियतले भेटमा सहभागी गराइएका व्यंग्यपरक टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको उक्त भेटमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागीता हुनुपर्नेमा छोरी गंगाको उपस्थितिलाई लिएर नेता थापाले  यस्तै कारणले भारतसँगका कूटनीतिक दाउपेचमा निहुरिनुपर्ने अवस्था आउने बताएका छ ।

उनले माओवादी नेताहरुका छोराहरुको भूमिका यस अघि नै देखि सकिएको बताउँदै प्रचण्ड पुत्री गंगा दाहालको भूमिकाबारे प्रश्न गरेका छ ।

माओवादी पृष्ठभूमिका नेताहरूका केही स्वनामधन्य छोराहरूको भुमिका देखिएकै थिए ।’ थापाले अगाडि लेखेका छन्, ‘भ्रष्ट कूलीनतन्त्रमा छोरी महोदयाको कुन भुमिका छ  नयाँदिल्लीमा स्पष्ट भएका छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँगको भेटस हातमा न डायरी छ न त कलम, किन होला गजधम्म त्यहाँ  ?’


TAGS

टिप्पणी