• April 08, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धको अवधि यकिन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धको अवधि यकिन रूपमा भन्न नसकिने बताएका छन्। एयर फोर्स वानमा चढ्नुअघि पत्रकारसँग कुरा गर्दै उनले भने, “मसँग अनुमान छ, तर यसको के फाइदा? आवश्यकतानुसार जति समय लाग्छ, त्यति नै चल्नेछ।”

ट्रम्पले इरानको नौसेना, वायुसेना र अधिकांश सैन्य क्षमता लगभग समाप्त भइसकेको दाबी गरेका छन्। यसअघि उनले इरानले विनाशर्त आत्मसमर्पण गरेपछि मात्र युद्ध समाप्त हुने बताएका थिए।पत्रकारको प्रश्नमा उनले थपे, “यो अवस्था विश्वमा पहिले कहिल्यै देखिएको छैन।” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग युद्धको लक्ष्य अलिक फरक हुन सक्ने भए पनि अमेरिका विश्व शक्ति प्रदर्शनमा अनुपम अवस्थामा रहेको उनको भनाइ छ।ट्रम्पको यो टिप्पणीले मध्यपूर्वमा द्वन्द्व र तनाव अझ बढ्न सक्ने संकेत दिएको छ।


Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement