• April 08, 2026
  • विज्ञापनको लागि: ९८१०५०२४४३
WATCH NOW
Advertisement

आज - मंगलवारको राशिफल २२ पौष २०८२

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिले पनि लाभ उठाउन नसकिएला। आश्वासन दिनेहरूले जुठो वाचा गर्न सक्लान् सावधान रहनुहोस्। माननीय जनहरूको सुझाव लाभदायी रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सिद्धान्तमा मतभेद भएतापनि सहयोगीहरूको राम्रो साथ पाइनेछ। आवश्यकपूर्तिको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। कार्यक्षेत्रमा मेहनतको फल प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रतिक्षित नतिजा हजुरको अनुकूल नहोला। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। फजुल खर्चदेखि जोगिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरू मध्य रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पढाइमा प्रगति हुनाले आत्मविश्वास परिपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चुनौती पन्छ्याउँदै रोकिएका कार्यसम्पादन गर्न सकिनेछ। आर्थिक प्रलोभन देखाउनेहरूसँग सजग रहनुहोला। खर्च लागे पनि महत्त्वपूर्ण कार्य सम्पादन गर्न सकिएला आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। नोकरी वा पेशामा शंकालु मनले कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिलाका सम्झौताबाट लाभ मिल्नेछ। धैर्य वा पराक्रममा वृद्धि हुनेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रो सफलता हात लाग्नेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। प्रयत्न गर्दा अप्ठ्यारो काम पनि सजिलै सम्पादन गर्न सकिएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चिताएको कार्यसम्पादन गर्न सकिनेछ। वैदेशिक शिक्षालाई लिएर नयाँ मार्ग तर्फ सकारात्मक संकेत मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। पहिला गरेको कामको रकम हात लागि हुनेछ। स्वास्थ्य सबल रहनेछ आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानो प्रयासले कीर्तिमान कामको जग बसाउने सौभाग्य प्राप्त होला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। गुरुजनहरूको साथले अप्ठ्यारो चुनौतीहरू पनि सजिलै सम्पादन गर्न सकिएला। आजको दिन नयाँ अवसर लिएर आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement